२०१४ को विश्वकप अगाडी ब्रजिलको रास्ट्रीय टिम समालेका प्रशिक्षक डुंगा पूर्ण रुपमा नेयमार माथि निर्भर थिए जस कारण नेयमार घाइते भएर खेल्न नपाएको खेलमा ब्रजिल ले विश्वकपमा ठुलो हारको सामना गर्नु परेको थियो। अहिले २०१८ को विश्वकप खेल्ने टोलीका प्रशिक्षक टिटे भने त्यो गल्ति गर्न चाहदैनन् । उनको निर्भरता सम्पुण खेलाडीमा उस्तै छ भन्ने कुरा तल दिएको तस्बीरले देखाऊ छ । के २०१८ को विश्वकप ब्रजिलने जित्नेमा आशावादी हुन सकिन्छ ?
आज पी.एस.जी लिगमा, अंक तालिकाको दोस्रो स्थानमा रहेको मोन्याको बिरुद्ध उसकै घरेलु मैदान स्टेट लुइस २ मा उत्रिदै छ । नेपाली समय अनुसार खेल भोलि बिहान १:४५ बजे हुँदैछ । म्बापे आफ्नो पुर्व क्लब बिरुद्ध पहिलो पटक उत्रिदै छन् । तालिकामा पी.एस.जी १३ खेल बाट ३५ अंकको साथ पहिलो स्थानमा छ भने मोन्याको १३ खेल बाट २९ अंक को साथ दोस्रो स्थानमा छ ! आजको खल कसको पक्षमा रहला अनि नेयमार ले कति गोल गर्लान अनुमान लगौनुहोस ! लाइभ : SonyLiv App and Sony ESPN/HD😍